पछिल्लो २४ घण्टामा १८९ जना कोरोना संक्रमित थपिए,दुईको मृत्यु

छिनोफानो   शनिबार ०३, पुष २०७८ ०४:२८

नेपालमा पछिल्लो २४ घण्टामा १८९ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ५,४८३ पीसीआर र २,५१४ जनाको एन्टीजेन परीक्षणका क्रममा १८९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कुल संक्रमितको संख्या ८ लाख २५ हजार ६०३ जना पुगेको छ । कुल संक्रमितमध्ये ५,४२८ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २५० जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ८ लाख ८ हजार ६०३ पुगेको छ ।

उक्त अवधिमा दुई जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७२ पुगेको छ । हाल ९८ जना क्वारेन्टाइनमा छन् । १०६ जना आइसीयू र २४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु