सत्तारुढ नेकपा माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ निर्वाचित

छिनोफानो   बिहिबार ०८, पुष २०७८ ०९:२०

सत्तारुढ नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) निर्वाचित भएका छन् । पदाधिकारी चयनका लागि बुधबार राति भएको चुनवामा निकटतम प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोलाई हराउँदै नेम्वाङ प्रदेश-१ को माओवादी केन्द्रको अध्यक्ष विजयी भएका हुन् ।

नेम्वाङले १६९ मत पाए भने मेन्याङ्बोले ६४ भोट ल्याएका छन् । यस्तै तीन उपाध्यक्षमा देवान चाम्लिङ, शिवकुमार डाँगी र मणिकुमार साम्पाङ विजयी भएका छन् । यस्तै एक जना सचिव पदमा गणेश उप्रेती (सुशील) विजयी भएका छन् ।

यसैगरी तीन जना सहसचिवमा कुमारी राई, ऋषिराम ढुंगाना र सागर किराँती विजयी भएका छन् । कोषाध्यक्षमा रेवतराज पुरी (गगन) विजयी भएका छन् । नौ जना पदाधिकारी चयनका लागि भएको मतदानमा २४० जना सहभागी भएका थिए । १९ सदस्य भने अनुपस्थित रहे ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु