नेकपा माओवादी केन्द्र र नेकपा मसाल सम्पर्क केन्द्र बीच आज एकता हुँदै

छिनोफानो   शुक्रबार ०९, पुष २०७८ ०९:१३

 नेकपा माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच आज (शुक्रबार) एकता हुँदैछ । सार्वजनिक सूचनाअनुसार आज दिउँसो १२ बजे काठमाडौंको त्रिपुरेश्वरमा पार्टी एकता घोषणा सभा गरी दुई दलबीच एकता गरिने भएको हो ।

मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालबाट फुटेर बनेको नेकपा मसला (सम्पर्क केन्द्र) ले माओवादी केन्द्रसँग पार्टी एकता गर्न लागेको हो ।
राजनीतिक एजेन्डाप्रतिको दृष्टिकोण तथा नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभारबारे मतभेद भएपछि मसालबाट अलग्गिएको समूहले नेकपा मसाल (सम्पर्क केन्द्र) गठन गरेको हो ।

सम्पर्क केन्द्र) ख ले ३९ जिल्लामा आफ्नो संगठन विस्तार गरिसकेको बताइएको छ । यसैबीच नेकपा मसालका महामन्त्री सिंहले भने बिहीबार विज्ञप्ति जारी गरी उनीहरूलाई मूल पार्टीमै फर्किन आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु