नेपाल कम्युनिष्ट पार्टी अछाम वडा भेला सम्पन्न : १९ सदस्यीय कमिटी गठन

छिनोफानो   आइतबार ११, पुष २०७८ ११:१८

 कमल विक अछाम 

नेपाल कम्युनिष्ट पार्टी अछामले लयाटीमा वडा भेला सम्पन्न गरेको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ५ लयाटीमा शनिबार एक कार्यक्रमको आयोजना गर्दै सम्पन्न भएको हो। उक्त कार्यक्रमबाट विर बहादुर भुल को नेतृत्वमा १९ सदस्यिय कमिटी निर्माण गरिएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति सचिव तपेन्द्र तिमिल्सिना रहनु भएकाे थियाे। नेता तिमिल्सिनाले शुभकामना मन्तब्य राख्नु हुँदै सर्बहारा श्रमजीवी जनताको राज्यसत्ता प्राप्त गर्नका लागि आफनो पाटी निरन्तर संगर्ष गरीरहेको बताउनु भएको छ, त्यस्का लागी सबै क्रान्तिकारी र देश भक्त शक्तिहरू एकिकृत जनक्रान्तिमा गोलवन्द हुन आवश्यक रहेका बताउनु भएको छ।

उहाँले एम सी सी जस्ताे राष्ट्रघाती परियोजा नेपालमा लागुगर्न लागेको प्रति आपति जनाउनु भएको थियो। उहाँले त्यसकालागि आफुहरु कडा सङ्गर्स गर्ने बताउनु भएको छ। नेपाल कम्युनिस्ट पार्टी पञ्चदेवल विनायक नगरकमिटी सचिव एम बी चलाउनेको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति सचिवालय सदस्यएवं कार्यलय सचिब लोकेन्द्र शाही जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधि हरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन युवा संगठन नेपाल अछामका सदस्य इन्द्र नेपालीले गर्नु भएको थियो।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु