भारतमा ६० वर्षभन्दा माथिका नागरिक, स्वास्थ्यकर्मी र अग्रपङ्क्तिमा खटिने कर्मचारीलाई बुस्टर डोज दिने

छिनोफानो   आइतबार ११, पुष २०७८ ११:२७

भारतमा ६० वर्षभन्दा माथिका नागरिकले कोरोना भाइरस विरुद्धको बुस्टर डोज पाउने भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्दै ६० वर्षभन्दा माथिका नागरिक, स्वास्थ्यकर्मी र अग्रपङ्क्तिमा खटिने कर्मचारीलाई बुस्टर डोज दिने बताउनु भएको हो ।

उहाँले सम्बोधनका क्रममा अग्रपङ्क्तिमा खटिने कर्मचारी, स्वास्थ्यकर्मी र ६० वर्षभन्दा माथिका नागरिकलाई प्रिकर्सन अर्थात सतर्कता डोज दिने बताउनु भएको हो । कोरोना विरुद्धको तेस्रो खोपलाई विश्वमा बुस्टर डोज भनिए पनि मोदीले भने प्रिकर्सन डोजको नाम दिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बुस्टर डोज आउँदो जनवरी १० तारिख अर्थात पुस २६ गतेदेखि दिइने छ ।  यस्तै, प्रधानमन्त्री मोदीले  १५ वर्षदेखि १८ वर्षसम्मका किशोर किशोरीलाई पनि जनवरी ३ तारिखदेखि कोरोना विरुद्धको खोप दिइने बताउनु भएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु