काँग्रेसले गर्‍यो निर्वाचन आयोगमा दल दर्ता

छिनोफानो   आइतबार ११, पुष २०७८ ०४:१८

नेपाली काँग्रेसले महाधिवेशन र सातै प्रदेश अधिवेशन गरेर निर्वाचन आयोगमा दल दर्ता गराएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले संविधानको धारा २६१ बमोजिम निर्वाचनका निम्ति निर्वाचन आयोगले तोकेको ढाँचामा सङ्घीय कानुन बमोजिम काँग्रेसले शनिबार आयोगमा दल दर्ता गराएको जानकारी दिनुभयो ।

आसन्न राष्ट्रियसभा निर्वाचनका लागि पुस १० मा काँग्रेसले आयोगमा दल दर्ता गराएको हो । संविधानको धारा २७१ को व्यवस्था अनुसार चुनाव हुनुभन्दा अगाडि आयोगमा दल दर्ता गर्नुपर्ने व्यवस्था छ ।

प्रवक्ता पौडेलका अनुसार शनिबार दिउँसो १४ औँ महाधिवेशनबाट निर्वाचित सङ्घीय, प्रदेश (समावेशी) कार्यसमितिको नयाँ सूची काँग्रेसले आयोगमा बुझाएको छ ।

दल दर्ता भएसँगै पार्टीको संशोधित विधान र वार्षिक लेखापरीक्षणको प्रतिवेदन पनि काँग्रेसले आयोगमा बुझाएको छ । आयोगमा दल दर्ता भएसँगै आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा काँग्रेसले भाग लिन पाउने भएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु