नेकपा (एस) गोदावरी नगरकमिटी को अध्यक्ष मा टेक बहादुर बिक चयन

राजन जैगडी   शुक्रबार ०१, असोज २०७८ ०७:३४

नेकपा (एकीकृत समाजवादी) गोदावरी नगर कमिटी को प्रथम नगर भेला सम्पन्न भएको छ ।बिहीबार  अत्तरिया मा सम्पन्न नगर भेला बाट नेकपा (एस) नगर कमिटीले पुर्णता पाएको हो । भेलाले  टेक बहादुर बिकको अध्यक्षता  ७५ सदस्यीय नगरकमिटी चयन गरेको छ ।  यस्तै कमिटी को उपाध्यक्ष मा वीर बहादुर पाल , सचिबमा लक्ष्मण बोगटी र उपसचिव मा रामपती चौधरी चयन भएका छन् ।

भेलाको प्रमुख आतिथ्यता  नेकपा (एस)  जिल्ला अध्यक्ष दिर्घ सोडारी ले गर्नु भएको थियो भने कार्यक्रममा राज्यमन्त्री चुनुकुमारी चौधरी , गोदावरी नगरपालिका का उपप्रमुख रत्ना कडायत , गोदावरी  ११ का वडा अध्यक्ष शिव बिक , ५ का वडा अध्यक्ष कर्ण बोहरा लगाएत  नेकपा (एस) समर्थक नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।

प्रमुख अतिथी  सोडारीले कार्यक्रम लाइ सम्बोधन गर्दै ओलीलाई टक्कर दिने भनिएका भिम रावल अहिले  ओली सँग अपमान सहेर बसेको बताएका छन् । साथै भिमरावल र लेखराज भट्टलाई आउँदो निर्बाचनमा देखाईदिने चेतावनी समेत दिएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु