नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक जारी

छिनोफानो   शुक्रबार १६, पुष २०७८ ०२:१०

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बसिरहेको छ । बैठक प्रज्ञा भवन कमलादीमा जारी छ ।

बन्दसत्रमा पेश भएका राजनीतिक प्रतिवेदन र विधान मस्यौदामा प्रतिनिधिहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुअघि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको हो 
आठौं महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ आज अध्यक्ष प्रचण्डले दिंदै छन् ।

अध्यक्ष प्रचण्डले जवाफ दिइसकेपछि प्रतिवेदनहरु संशोधनसहित पारित गर्ने र नेतृत्व चयन प्रक्रिया सुरु हुने माओवादी केन्द्रले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु