इजरायलमा भेटियो काेराेनाभन्दा खतरनाक भाइरस ‘फ्लोरोना’

छिनोफानो   शनिबार १७, पुष २०७८ ०४:०८

 कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट विश्वभरि अक्रान्त भइरहेका बेला इजरायलमा फ्लोरोनाको पहिलो केस पत्ता लागेको छ । अन्तर्राष्ट्रिय एजेन्सीहरुका अनुसार फ्लोरोनामा कोरोना भाइरस र इन्फुलुएन्जाको दोब्बर ’इन्फेक्सन’ रहेको छ ।

अरब न्युजले यसको पुष्ट गर्दै फ्लोरोना झन् खतरनाक रहेको दाबी गरेको छ । यसैबीच इजरायलले चौथो पटक बुस्टर डोज दिने निणर्य गरेको छ । इजरायलमा तेस्रो डोज तीन महिनाअघि नै दिइसकिएको छ ।

इजरायलमा कोरोना संक्रमितको संख्या भने नघटेको बताइएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार बिहीबार इजरायलमा ५ हजार बढी संक्रमित देखिएका थिए । त्यहाँ हालसम्म १३ लाख ८० हजार बढी कोरोनाबाट संक्रमित भइसकेका छन् भने ८ हजार बढीको संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु