प्रतिनिधि सभाको बैठक आज बस्दै

छिनोफानो   आइतबार १८, पुष २०७८ ०९:१६

 प्रतिनिधि सभाको बैठक आज (आइतबार) बस्दैछ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ ।

नेकपा एमालेले भदौ २३ गतेदेखिलगातार संसद अवरोध गर्दै आएको छ । आफ्ना १४ सांसदलाई निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले त्यसलाई मान्यता नदिएको भन्दै एमालेले २३ भदौदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।

सभामुखले कारबाहीलाई मान्यता नदिएर दल विभाजन गर्न सहयोग गरेको भन्दै एमालेले लगातार संसद अवरोध गर्दै आएको छ । तर, एमालेको विरोधका बाबजुद सभामुख सापकोटाले संसद बैठक सञ्चालन गरिरहेका छन् ।

एमालेले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदले नेकपा एकीकृत समाजवादी गठन गरेका छन् । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७/०७८ पेश गर्ने कार्यसूचि रहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु