ट्रेड युनियन महासंघ सुदुरपश्चिम प्रदेश द्वारा मजदुर जागरण अभियान उद्घाटन

छिनोफानो   आइतबार १८, पुष २०७८ ०९:४७

पुष्पा साँउद  

 नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल नेपाल क्रान्तीकारी ट्रेड युनियन महासंघ सुदुरपश्चिम प्रदेश द्वारा वैज्ञानिक समाजबादी व्यवस्था र श्रमिक अधिकारका लागि जनमत संग्रह भन्ने मूल नाराका साथ  “मजदुर जागरण अभियान २०७८ शनिबार कैलालीको धनगढीमा पार्टीका केन्द्रीय सदस्य ओम प्रकाश पुन र संगठन र पार्टीका नेताकार्यकर्ताको उपस्थितिमा उदघाटन गरीएको छ ।
सो  अभियान उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि  तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य ओम प्रकाश पुनले कम्युनिष्ट आन्दोलनको एतिहासिक कालखण्ड देखि नै मजदुरहरुले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।

हाम्रो देशमा पनि राष्ट्रको स्पष्ट नीति र विश्व प्रतिस्पर्धी बजार व्यवस्थापन नहुँदा दैनिक जसो बेरोजगारी पैदा हुँदै गरेको बताउँदै राष्ट्रका यस्ता किसिमका असफल नीतिका कारण सधैं जसो नेपाली मजदुरहरुले दुःख पाउँदै गरेको नेता पुनले बताए । वर्तमान गतिशील परिस्थितिमा कृषि द्वारा आत्मनिर्भर र उद्योग द्वारा संवृद्धिको मूल बाटोमा देशलाई लैजान पर्ने उनको भनाइ थियो । त्यसै गरी वैदेशिक रोजगारीमा जानेहरुलाई पनि दलालले मापदण्ड मिचेर श्रमिकहरुको रगत र पसिना माथि शोषण गरेको उनले बताए ।  यस्तै समस्या र जटिलताको समाधानका लागि हाम्रो पार्टीले भनेको वैज्ञानिक समाजवाद जहाँ सबैले समान अधिकार पाउने छन् त्यो जनवादी व्यवस्था स्थापना गर्न सबै मजदुरहरू आफ्नो ठाउँबाट संगठित हुँदै जागृत भएर एकीकृत जनक्रान्तिको कार्यदिशामा समाहित हुन नेता पुनले अपिल गरेका छन् ।
  
कैलाली जिल्ला पार्टी र संगठनका नेताहरु अतिथिको रुपमा सहभागी रहेको सो कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्ष पूर्ण खड्काको अध्यक्षता रहेको थियो भने कार्यक्रम सञ्चालन संगठनका केन्द्रिय सदस्य कमल पण्डितले गरेका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु