राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा एमाले र सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता

छिनोफानो   मङ्गलबार २०, पुष २०७८ ०४:३६

राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा एमाले र सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता भएको छ। राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट रिक्त रहेको महिला सदस्यमा नेकपा एकीकृत समाजवादीकी गरिमा शाह, दलित सदस्यमा नेकपा माओवादी केन्द्रका जगत पार्की र खुला सदस्यमा नेपाली काँग्रेसका नारायण मिश्रले उम्मदवारी दर्ता गराएका निर्वाचन कार्यालयले जनाएको छ।
यस्तै नेकपा एमाले सुदूरपश्चिमका उम्मेदवारले पनी राष्ट्रियसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।आज निर्वाचन अधिकृतको कार्यालय पुगेर एमाले उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् ।

एमाले को महिलातर्फ कैलालीकी सन्तोष कुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुल्लातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गरेका हुन् ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु