दिल्ली र मुम्बईमा व्यापक मात्रामा कोरोना संक्रमण:दिल्लीमा साताको दुई दिन कर्फ्यु

छिनोफानो   बुधबार २१, पुष २०७८ ०९:३३

भारतका प्रमुख सहरमा कोभिड-१९ महामारीको तेस्रो लहर फैलिएको छ । विशेष गरी दिल्ली र मुम्बईमा व्यापक मात्रामा कोरोना संक्रमण फैलिएको छ । मंगलबार भारतमा कोरोनाका ३७ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका थिए । यो संख्या एक साताअघिको तुलनामा पाँच गुणा धेरै हो । मंगलबार थपिएका नयाँ संक्रमितमध्ये दुई तिहाइभन्दा धेरै मुम्बई र दिल्लीमा थपिएका छन् । यी दुई सहरमा अत्यधिक मात्रामा संक्रमण बढेका छ । संक्रमण बढेसँगै मंगलबार दिल्लीको सरकारले साताको दुई दिन कफ्र्युको घोषणा गरेको छ ।

दिल्लीमा शनिबार र आइतबार अब कर्फ्यु रहने छ । अत्यावश्यक बाहेकका सबै सरकारी काम अब घरबाटै हुनेछ । निजी कम्पनीमा पनि ५० प्रतिशत मानिसले घरबाटै काम गर्नुपर्ने हुन्छ । यसअघि दिल्लीले कोरोना संक्रमण नियन्त्रणको लागि रात्रिकालीन कर्फ्यु लगाएको थियो । त्यस्तै मुम्बईमा पनि दैनिक नयाँ संक्रमितको संख्या २० हजार नाघे पुनः लकडाउन गरिने अधिकारीहरुले बताएका छन् ।

सोमबार यो सहरमा ८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका थिए । भारतमा पछिल्लो समय कोरोना संक्रमण फैलिनुको मुख्य कारण कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट रहेको अधिकारीहरुले बताएका छन् । दिल्लीका स्वास्थ्यमन्त्रीका अनुसार अहिले सहरमा भेटिएका नयाँ संक्रमितमध्ये ८१ प्रतिशतमा ओमिक्रोन भेरियन्टसहितको संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु