आर्थिक मामिला तथा योजनामन्त्रीमा तामाङको चर्चा

छिनोफानो   शुक्रबार ०१, असोज २०७८ १२:०४

धनगढी–सुदूरपश्चिम प्रदेश सरकारले आज रिक्त रहेका मन्त्रालयका लागी मन्त्री नियुक्ती गर्ने भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले आज आर्थिक मामिला तथा योजनामन्त्रीमा तारा लामा तामाङ नियुक्त गर्ने भएका छन् । सम्भवत उनको शुक्रबार साँझ सपथ ग्रहण हुने बताइएको छ ।


मुख्यमन्त्री त्रिलोचन भट्ट डोटी भएकोले ढिलाइ भयो नत्र विहीवार साँझ वा शुक्रबार विहानै सपथ ग्रहण हुन्थ्यो । मुख्यमन्त्रीका स्वकिय सचिव प्रेम कुँवर प्रख्यातका अनुसार मुख्यमन्त्री शुक्रबार दिउँसो धनगढी पुग्ने कार्यक्रम छ ।
अर्थ राज्यमन्त्रीमा माया तामाङ बोहराको नाम चर्चामा छ । उनी वझाङबाट प्रतितिनिधित्व गर्ने समानुपातिक प्रदेश सभा सदस्य हुन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु