अफगानिस्तानको पूर्वी क्षेत्रमा पाकिस्तानको सीमा नजिकै विष्फोट:नौं बालबालिकाको गयो ज्यान

छिनोफानो   मङ्गलबार २७, पुष २०७८ १०:१२

अफगानिस्तानको पूर्वी क्षेत्रमा पाकिस्तानको सीमा नजिकै सोमबार विष्फोट भएको छ । विष्फोटमा परी नौं जना बालबालिकाको मृत्यु भएको छ । त्यस्तै अन्य चार जना घाइते भएका छन् । धेरै समयअघि जमिनमुनि राखिएको विष्फोटक पदार्थ विष्फोट भएको अलजाजिराले उल्लेख गरेको छ ।

अफगानिस्तानको नान्गरहार प्रान्तस्थित लालोपुर जिल्लाको बैगानान गाउँमा उक्त विष्फोट भएको हो । उक्त प्रान्तका गभर्नरले सार्वजनिक गरेको विज्ञप्तिअनुसार विष्फोटमा परी घाइते भएकाहरुलाई उपचारको लागि प्रान्तीय राजधानी जलालबाद लगिएको छ । यस विषयमा विस्तृत जानकारी भने आएको छैन ।

अफगानिस्तानमा लामो समयदेखि चलेको गृहयुद्धको क्रममा यस्ता धेरै विष्फोटक पदार्थ तथा माइन जमिनमुनि गाडिएका छन् । यस विषयमा राम्रो ज्ञान नभएका बालबालिकाहरु यसको चपेटामा पर्ने गरेका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु