तपाई को आज को राशिफल ,२०७८ भदौ २१, सोमबार

  सोमबार २१, भदौ २०७८ ०७:४३

२०७८ भदौ २१ गते, सोमवार, ६ सेप्टेम्बर २०२१। भाद्र कृष्णपक्ष चतुर्दशी तिथि, प्रातः ६ः५६ बजेदेखि औंसी। मघा नक्षत्र। चन्द्रराशि– सिंह।

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) तपाईंको सहयोगले कसैको उद्धार हुनेछ, मनमा शान्ति छाउनेछ। चारैतिरबाट लाभ होला, सन्तान तथा स्त्री सुख प्राप्त होला, विशाल हृदय गराउनु होला।

वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )मान,सम्मान तथा पद प्रतिष्ठा प्राप्ति होला, अधुरा कामहरू सप्पन्न होलान् , अर्थपूर्ण यात्रा होला, तर अपरान्ह तिर भने अपृय समाचार सुन्नुपर्ला, आजको दिन धैर्यताले काम लिनुहोला।

मिथुन राशी  (का, कि, कु, घ, ङ, छ, के, को, हा )तपाईंलाई आज अनेक प्रकारका लाभ हुनेछ, शिक्षा क्षेत्रमा सफलता प्राप्त होला, नचिताएको काम बन्नाले मन प्रसन्न रहला, तर मुख तथा टाउकाको समस्याले सताउन सक्छ, सावधानी अपनाउनुहोला।  

कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )अध्ययन अध्यापनमा रुचि हुनेछ, सामाजिक कार्यमा अग्रसर भईएला, कुनै रमाइलो सभा समारोहमा सहभागी भईएला, धन तथा प्रतिष्ठामा वृद्धि होला, मन प्रसन्न रहला।

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )बात रोगले समस्या बनाउन सक्छ। पारिवारिक खटपटले घरमा बस्न मन नहुनसक्छ,तर पनि आफ्नो धैर्य तथा साहस गुम्ने छैन,आजको दिन बोल्दा ख्याल गर्नुहोला।

कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )व्यापारिक तथा आर्थिक क्षेत्रमा सुधार होला, शिक्षा क्षेत्रमा प्रगति गरिएला, मनमा सुख सन्तोष प्राप्त होला,दैनिक कार्यहरू सहजै सम्पन्न होलान्, तर पनि आजको दिन जल भय रहनेछ।

तुला राशी ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )मनमा चंचलता आउनेछ, झैझगडा तथा अशान्ति होला, आज उत्तर तिरको यात्रा नगर्दा राम्रो हुनेछ,व्यापार व्यवसायमा पनि केही हानी होला, शत्रुपक्ष सबल होलान होशियार रहनुहोला।

वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु)आजको दिन चौतर्फी लाभ होला, विभिन्न प्रकारको उन्नतिले मनमा उत्साह हुनेछ, स्त्री,पुत्र तथा ईष्टमित्रको सहयोगले कार्यहरु पूरा हुनेछन्।

धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )अधुरा कामहरू अझै अधुरै रहनेछ, शारीरिक पिडा होला, बिदेश यात्राका अवसरहरु रोकिन सक्छन्, तर साझ परेपछि भने शुभसमाचार सुन्न पाइएला, मनमा शान्ति होला।

मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )आजको दिन तपाईंलाई अनुकुल रहनेछ, घरायसी मुद्धामामिला समाधान होलान् , धन तथा मान मानमा वृद्धि होला, वैदेशिक अवसरहरु आउनेछ्न, मन प्रसन्न रहला।

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा )भोगबिलासका साधनहरु उपलब्ध हुनेछन्, उच्चपद, मान,सम्मान प्रापति तथा हरेक प्रकारका सुख प्राप्त होलान् , तर पनि खुट्टा तथा कम्मरमा दुखाइ हुनसक्छ ।चिसो बाट जोगिनुहोला।

मीन राशी ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )मित्र तथा भाईबन्धुसँग बिरोध होला, राज्यपक्षबाट भय रहनेछ, दण्डजरिवाना हुनसक्छ, मुटुरोग तथा छातिमा समस्या आउनसक्छ,आफ्नै बाट धोका हुनसक्छ, धैर्य तथा साहसले काम लिनुहोला।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु