सुदूरपश्चिम प्रदेशको अर्थमन्त्रीमा तामाङ र राज्यमन्त्रीमा बोहरा नियुक्त

छिनोफानो   शुक्रबार ०१, असोज २०७८ ०७:१८

सुदूरपश्चिम प्रदेश सरकारले  आर्थिक मामिला मन्त्री मा तारालामा तामाङलाई नियुक्त गरेको छ भने अर्थ राज्यमन्त्रीमा माया तामाङ बोहरालाई नियुक्त गरेको छ । मुख्यमन्त्री भट्टले नेकपा एकीकृत समाजवादी तर्फबाट दुई जना मन्त्री नियुक्त गरेका हुन । नव नियुक्त मन्त्रीहरु लाई प्रदेश प्रमुख र मुख्यमन्त्री भट्टले पद तथा गोपनीयताको सपथ खुवाएका थिए ।
 आर्थिक मामिला मन्त्री तामाङ तत्कालीन नेकपा एमाले कञ्चनपुरबाट निर्वाचित सांसद हुन् भने बोहरा बझाङबाट समानुपातिक सांसद हुन् । तामाङ तत्कालीन नेकपाका प्रमुख सचेतक समेत थिए ।


उनलाई एमालेको अनौपचारिक  विभाजनका बेला गत जेठमा मन्त्रिपरिषद् विस्तार हुँदा पदबाट हटाइएको थियो । बोहरा एमाले विभाजनका बेला अध्यक्ष ओलीको पक्षमा खुले पनि २१ भदौमा एमाले छाडेर एकीकृत समाजवादी पार्टीमा लागेकी थिइन् । 
विभाजन भएर एकीकृत समाजवादी बनेपछि एमाले संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएका थिए । सुदूूरपश्चिममा एमाले विभाजनपछि एकीकृत समाजवादी १४ सांसदसहित सबैभन्दा ठूलो दल बनेको छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु