साझा स्वास्थ सेवा लाई फार्मासिस्ट बिनै औषधि बिक्रि वितरण गरेको भन्दै फार्मेसी पेशागत संगठनहरुले ध्यानाकर्षण पत्र

छिनोफानो   मङ्गलबार ०४, माघ २०७८ ११:१४

धनगढीमा रहेको साझा स्वास्थ सेवा लाई फार्मासिस्ट बिनै औषधि बिक्रि वितरण गरेको भन्दै फार्मेसी पेशागत संगठनहरुले ध्यानाकर्षण पत्र बुझाएका छ्न । पौष २८  बिभिन्न साचार माध्यममा सो समाचार बाहिरीए संगै रास्ट्रिय फार्मेसी संघ सुदूरपश्चिम प्रदेश धनगढी शाखा र नेपाल फार्मेसी संघ  धनगढी शाखाको गम्भीर ध्यानाकर्षण भएको भन्दै   ध्यानाकर्षण पत्र बुझाएको हो ।
जहाँ औषधि त्याहाँ फर्मासिष्ट ूभन्ने मुल नाराका साथ हामी फार्मेसी पेशाको हकहित र संरक्षणमा बेला बेलामा आवाज उठाउदै आएको व्योहोरा सर्वविदितै छ। तसर्थ औषधि ऐन २०३५ तथा नेपाल फार्मेसी परिषद २०५७ को बर्खिलाप हुनेगरी यस संस्थाबाट हुनगएको र अब उपरान्त यस्तो क्रियाकलाप हुन नदिन साझा स्वास्थ्य शाखा कार्यालय धनगढी लाई ध्यानाकर्षण गरिएको पत्र मा उल्लेख गएिको छ ।
ध्यानाकर्षण पत्र


फार्मेसी पढेका दक्ष जनशक्ति हुदाहुदै गैर फार्मेसी बाट सेवा दिएको भन्दै फार्मेसी पेशाकर्मीहरुले आपत्ति जनाउदै उक्त संस्थालाई चेतावनी दिदै माघ महिना सम्मको अल्टिमेटम दिएका छन।  यस संस्थाबाट जनताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरी कुनै पनि कामकार्वाही हुने छैन र हाल यस संस्था मार्फत संचालनमा रहेका फार्मेसीहरुमा फार्मेसी जनशक्तिलाई उचित व्यावस्थापन गरी गैर फार्मेसी जनशक्तिलाई सम्बन्धित स्थानमा स्थान्तरण गरी फार्मेसी सेवा फार्मेसी जनशक्ति बाट नै संचालन हुनेछ भन्ने पुर्ण बिश्वास साथ फार्मेसी संघ अपेक्षा गर्दछौ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु