सत्ता गठबन्धन राजनीतिक समन्वय समितिको बैठक बस्दै

छिनोफानो   बिहिबार ०६, माघ २०७८ ११:२०

सरकार सञ्चालनका लागि सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज (बिहीबार) बस्दै छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बस्ने माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिएका छन् ।

बैठकमा पहिला स्थानीय तहको निर्वाचन गर्ने वा प्रदेश र प्रतिनिधि सभाको चुनाव गर्ने भन्ने बिषयमा छलफल हुनेछ ।

सत्तागठबन्धनले गठन गरेको समन्वय समितिमा पाँच दलका दुईरदुई जना गरी १० र एक मन्त्रीसहित ११ सदस्य छन्। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि बस्ने गरेका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वैशाख-जेठमा संसदीय र कात्तिकरमंसिरमा स्थानीय निर्वाचन गर्ने प्रस्ताव राखेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु