अफगानिस्तानको हेरात प्रान्तमा बम विस्फोट : सात जनाको मृत्यु

छिनोफानो   आइतबार ०९, माघ २०७८ १०:१५

अफगानिस्तानको हेरात प्रान्तमा बम विस्फोट हुँदा सात जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् ।

एउटा भ्यानमा बम विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बम विस्फोट कसले गरायो भन्नेबारे खुलेको छैन ।

अफगानिस्तानमा तालिबानले सत्ता चलाउन थालेपछि यस्ता घटना इस्लामिक स्टेट आईएसले गराउँदै आएको मानिन्छ ।

घटनाको अनुसन्धान हुने तालिबानले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु