सत्तारुढ दलहरु फ्रिजबाट निकालिएका आइसका डल्ला हुन् , चुनावपछि बिलाउँछन् : ओली

छिनोफानो   शनिबार ०२, असोज २०७८ ०३:५३

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावपछि अहिलेको सत्ता गठबन्धनका दलहरु हराउने टिप्पणी गरेका छन् ।

शनिबार पार्टीनिकट कर्मचारी संगठनको कार्यक्रममा उनले अबको १४ महिनामा सत्ता गठबन्धनमा रहेका दलहरु हराउने दावी गरे ।
‘१४ महिनामा चुनाव हुन्छ, यी कता हराउँछन्, कता बिलाउँछन्’ उनले भने, ‘यी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन् । आफैं परेका आइस होइन । यी डल्ला बाहिर राखिदिएपछि एकछिनपछि पग्लेर जान्छन् । धेरै चिन्ता गर्नुपर्दैन ।’

आफूले चुनाव गराउन खोज्दा सत्ता गठबन्धनमा रहेका दलहरुले प्रतिगमन हुने भयो भन्दै विरोध गरेको भन्दै ओलीले अब १४ महिनापछि अनिवार्य चुनाव गराउनैपर्ने बताए ।

‘१४ महिनापछि त अनिवार्य चुनाव गर्नुपर्छ, के देश अनिवार्य रुपमा प्रतिगमनमा जाने भयो त रु’ उनले प्रश्न गरे, ‘जनादेश आउँदा प्रगिमन हुने भयो, संविधान मिचिने भो त रु कस्तो शासन खोजेका छन्, यी तानाशाहरुहरुले ?  (अनलाइन खबर)

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु