जनमत पार्टीका नेता–कार्यकर्ताहरू मुडभेडमा उत्रिए :सांसद र मेयर माथि आक्रमण, गाडीमा तोडफोड

छिनोफानो   बुधबार १२, माघ २०७८ ०१:४५

डा. सीके राउत नेतृत्वको जनमत पार्टीका नेता–कार्यकर्ताहरू मुडभेडमा उत्रिएका छन् ।

बुधबार बिहानैदेखि बाँसका भाटा र बाँसका लौरोहरु सहित प्रदर्शनमा उत्रिएका जनमत पार्टीका कार्यकर्ता मुडभेडमा मुडमा सडक प्रर्दशनमा छन् ।

उनीहरुले सर्लाहीको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाई उपमेयर रेणुका पौडेल सवारमा तोडफोड गरेका छन् । तोडफोडका क्रममा मेयरसहित तीनजना घाइते भएका छन् ।

यसैगरी मधेस प्रदेशका प्रदेश सांसद अशोक यादव सवार गाडीमा जनमतका कार्यकर्ताले तोडफोड गरेका छन् । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न जाँदै गरेका यादवको गाडीमा जानकी मन्दिर अगाडि तोडफोड भएको हो । सांसद यादवको हातमा समेत चोट लागेको छ ।

यादव प्रदेश मामिला संसदीय समितका सभापति हुन् । प्रदेश सभाले उपलब्ध गराएको गाडीमा तोडफोड भएको हो ।

राष्ट्रिय सभा निर्वाचनको मतदान स्थल अगाडि सिके राउत नेतृत्वको जनमत पार्टीका नेताकार्यकर्ता र प्रहरीबीच पटक पटक झडप भएको छ। जनमतका कार्यकर्ताको प्रदर्शनले राष्ट्रियसभा मतदान स्थल महेन्द्रनारायण निधि प्रतिष्ठान वरपरको अवस्था तनावग्रस्त छ।

उनीहरुले ‘मल उपलब्ध गराऊ अनि मतदान गर’ भन्दै नाराबाजी गरेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु