बाजुराका दुईजना वडाध्यक्ष मिलेर नगरसभाको माइन्युट च्याते: एक प्रहरी हिरासतमा,अर्का फरार

छिनोफानो   बिहिबार १३, माघ २०७८ १०:३२

बाजुराको त्रिवेणी नगरपालिकाका दुईजना वडाध्यक्ष मिलेर नगरसभाको माइन्युट च्यातेको भन्दै उजुरी परेको छ । माइन्युट च्यातेको आरोपमा प्रहरीले त्रिवेणी-७ का वडाध्यक्ष प्रेमबहादुर थापालाई पक्राउ गरेको छ । अर्का वडाध्यक्ष वीरबहादुर विष्ट भने फरार छन् ।

नगर सभाको माइन्युट च्यातेको आरोपमा प्रहरीले वडाध्यक्ष थापालाई बुधबार पक्राउ गरेको हो । नगर सभाको माइन्युट च्यातेपछि वडाध्यक्षविरूद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि शाहले प्रहरीमा उजुरी दिएका थिए ।

उजुरीपछि वडाध्यक्ष थापालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीले जानकारी दिए ।

त्यसैगरी त्रिवेणी नगरपालिका-९ का वडाध्यक्ष वीरबहादुर विष्टले पनि नगरसभाको माइन्युट त्यातेको आरोपमा उजुरी परेको छ । उजुरी परेपछि विष्ट भने फरार छन् । नगर सभामा एकलौटी निणर्य भएको भन्दै उनीहरुले यही माघ १० गते माइन्युट च्यातेका प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु