मनसुनी वायुको प्रभाव ले काठमाण्डांै लगाएत देशका अधिकांश भेगमा भारि वर्षा

  सोमबार २१, भदौ २०७८ ०२:३२

मनसुनी वायुको प्रभाव ले काठमाण्डांै लगाएत देशका अधिकांश भेगमा भारि वर्षा भइरहेको छ । भारी वर्षाले बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ । डुबानका कारण अरनिको राजमार्गमा यातायात समेत अवरुद्ध भएको छ । होचो भुभागमा रहेका घरका पहिलो तल्ला डुबेका छन् । केही साना सवारीसाधन समेत डुबेका प्रहरीले जनाएको छ । खोला साँघुरिएको कारण पानीको सतह बढ्दा पुलबजार क्षेत्र सधै डुबानमा पर्ने गरेको छ ।
 हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग भन्दा केही तल रहँदा मुलुकभर हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
रातिदेखि कयौँ स्थानमा भारी वर्षा भएको मौसमविद्ले जनाएका छन् ।मौसमविद् मीनकुमार अर्यालका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा यो वर्षकै धेरै वर्षा भएको छ । अर्यालका अनुसार काठमाडौँमा पछिल्लो २४ घण्टामा १०५ मिलिमिटर वर्षा भएको छ । भक्तपुरको नगरकोटमा ४१ मिलिमिटर वर्षा भएको छ ।भारी वर्षापछि काठमाडौँ उपत्यकाका साना तथा ठूला नदीको तटीय क्षेत्रमा डुबान भएको छ । वाग्मती, विष्णुमती, धोवीखोला, हनुमन्ते खोलालगायतका क्षेत्र आसपासमा बाढीपछि डुबान भएको विवरण प्राप्त भएको छ । भारी वर्षापछि सवारीसाधन सञ्चालन गर्नै अप्ठ्यारो हुने गरी सडक जलमग्न भएका छन् ।
भोलिसम्म देशैभर ठाउँठाउँमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ । आज दिउँसो प्रदेश–२ बाहेकका सबै क्षेत्रमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?