भारतमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ६७ हजार नयाँ संक्रमित थपिए

छिनोफानो   मङ्गलबार २५, माघ २०७८ १२:४९

भारतमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ६७ हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार उक्त अवधिमा कोरोना संक्रमणको कारण १,१८८ जनाको मृत्यु भएको छ ।

भारतमा ओमिक्रोन भेरियन्टसहितको संक्रमणको कारण फैलिएको तेस्रो लहरपछि निरन्तर नयाँ संक्रमितको संख्या घट्दो क्रममा देखिएको छ । यद्यपि अहिले पनि संक्रमणको कारण मृत्यु हुनेको संख्या भने अझै पनि चिन्ताको विषय बनेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १ लाख ८० हजार मानिसहरु संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ९ लाख ९४ हजारमा झरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु