भारतको अरुणाचल प्रदेशको कामेन्ग क्षेत्रमा हिम पहिरोमा परी सात सैनिकको मत्यु

छिनोफानो   बुधबार २६, माघ २०७८ ११:१२

भारतको अरुणाचल प्रदेशको कामेन्ग क्षेत्रमा हिम पहिरोमा परी सात सैनिकको मत्यु भएको छ । भारतीय समाचार एजेन्सी एएनआईले दिएको जानकारीअनुसार फेब्रुअरी ६ मा गएको हिमपहिरोमा उनीहरु बेपत्ता भएका थिए ।

भारतीय सेनाले उनीहरुको शव निकालिएको बताएको छ । हिम पहिरोमा परेसँगै उनीहरुको खोजीकार्य तीव्र पारिएको थियो । भारतीय सेनाले सार्वजनिक गरेको एक विज्ञप्तिमा धेरै प्रयास गर्दा पनि हिम पहिरोमा परेका सात जनामध्ये कसैलाई पनि जीवित फेला पार्न नसकिएको उल्लेख गरेको छ ।

हिम पहिरो गएको स्थान १४ हजार ५ सय फिटको उचाइमा पर्छ । सेनाले दिएको जानकारीअनुसार उनीहरु नियमित गस्तीको लागि उक्त क्षेत्रमा गएका थिए । सो क्षेत्रमा गस्तीमा जानु पनि निकै जोखिमपूणर् रहने गरेको समाचारमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु