गठबन्धन कुनै सम्झौताको आधारमा बनेको हाईन : प्रचण्ड

छिनोफानो   आइतबार ०१, फागुन २०७८ ११:१४

सत्तारुढ गठबन्धन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन टुटाउने र सरकार ढलाउने खेल भइरहेको बताएका छन् । उनले सत्तारुढ गठबन्धन कुनै सम्झौताको आधारमा नबनेको बताएका छन् ।

माओवादीले पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजना गरेको ‘जनयुद्ध दिवस’ कार्यक्रममा प्रचण्डले भने, ‘हामीले कुनै देश विशेषसँग गरेको सहमति, सम्झौता, परियोजना, आर्थिक सहयोग या लेनदेनको आधारमा गठबन्धन बनाएको होइन ।’

प्रचण्डले ’प्रतिगमन’ गर्नेहरू चुप नबसेको भन्दै ’प्रतिगमन विरोधी आन्दोलबनाट आएको गठबन्धन सरकार गिराउन खोजिएको’ बताए । उनले गठबन्धन बनाउँदाका आधारमा सबै टिक्नुपर्ने उल्लेख गरे । ’गठबन्धन बनाउँदा केही सैद्धान्तिक र केही राजनीतिक मान्यताहरूलाई अगाडि सारेका थियौं । तिनै मान्यताका आधारमा गठबन्धन बनाएका हौं ।’

उनले भने, ‘संविधान, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षामा एकमत भएर त्यसैलाई लिपीबद्ध गरेर गठबन्धन बनेको हो र यो सरकार गठन भएको हो । यो गठबन्धन सुदृढ हुँदै जाने या कमजोर हुने भन्ने कुरा गठबन्धन सुरु गर्दा जुन सैद्धान्तिक र राजनीतिक मान्यतामा खडा थियौं, त्यसमा खडा भएर यो गठबन्धन अगाडि बढाउनुपर्छ । संविधान लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षा गर्नुपर्छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु