एमसीसी रोक्न प्रचण्डको दौडधुप, बैठक लगत्तै देउवालाई भेट्न बालुवाटार

छिनोफानो   बुधबार ०४, फागुन २०७८ १२:१६

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन्।

संसदीय दलको बैठक लगत्तै प्रचण्ड एमसीसी टेबल हुनबाट रोक्न देउवालाई भेट्न बालुवाटार  पुगेका हुन्। बालुवाटार पुगेर प्रचण्डले गठबन्धनमै सहमति नजुटेकाले एमसीसी टेबल नगर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्ने दलको बैठकमा आफ्ना सांसदलाई जानकारी गराएका छन्। यदि प्रधानमन्त्री देउवाले प्रचण्डको आग्रह अस्वीकार गरी एमसीसी टेबल गरिए गठबन्धन र सरकार छाड्ने माओवादीको तयारी छ।

माओवादी संसदीय दलको बैठकले यथास्थितिमा एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ। सोही निर्णय सुनाउन र देउवालाई मनाउन प्रचण्ड अन्तिम प्रयासस्वरुप बालुवाटार पुगेको  पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले बताए। 

प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ। सो बैठकमा सरकारले एमसीसी परियोजना टेबुल गर्ने तयारी गरेको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु