रुसले क्षेप्यास्त्र प्रहार गरेपछि युक्रेनमा सैन्य कानुन लागू गर्ने तयारी

छिनोफानो   बिहिबार १२, फागुन २०७८ १२:३९

रुसले आक्रमण गर्न थालेपछि युक्रेनमा सैन्य कानुन लागू हुने भएको छ ।

रुसले युक्रेनमा क्षेप्यास्त्र प्रहार गरेको भन्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सैन्य कानुन लागू गर्ने तयारी  गर्नुभएको बीबीसीले जनाएको छ । उहाँले रुसले क्षेप्यास्त्र प्रहार गरेकाे पुष्टि गर्नु भएको छ । तर, रुसले यस विषयमा औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

युक्रेनमा रूसको हस्तक्षेपसँगै विभिन्न युरोपेली देशसहित अमेरिकाले प्रतिबन्ध लगाएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु