गोदावरी नगरपालीकामा रहेको न्यायीक समितीमा चालु आर्थीक बर्षको हाल सम्म  ८८ ओटा मुद्धा दर्ता

पवन भण्डारी   शुक्रबार १३, फागुन २०७८ १२:२१

पवन भण्डारी । कैलालीको गोदावरी नगरपालीकामा रहेको न्यायीक समितीमा आर्थीक बर्ष ०७८÷०७९ को हाल सम्म  ८८ ओटा मुद्धा दर्ता भएका छन । दर्ता भएका मुद्धा मध्ये ७३ मुद्धा फछर्यौट भएका छन भने १५ मुद्धा प्रक्रियामा रहेका छन । 

न्यायीक समितीमा आउने मुद्धाहरुमा सबै भन्दा बढि जग्गा समन्धी रहेका छन भने ध्वनी प्रदुषण समन्धी सबै भन्दा कम मुद्धा परेका छन । चालु आर्थीक बर्षमा जग्गा समन्धी ४१ मुद्धा दर्ता भएका छन भने ३२ मुद्धा फछर्यौट भएका छन ९ मुद्धा प्रक्रिया रहेका छन । ध्वनी प्रदुषण समन्धी परेका २ मुद्धा फछर्यौट भईसकेका छन । 

न्यायीक समितीमा महिला हिंसा बाटो बिबाद,ज्याला मजदुरी,घरबहाल,गालीगलौज कुछपिट लेनदेन ,र ढलनिकास लगायतका मुद्धा हरु पर्ने गरेको गेदावरी नगरपालीका का उप प्रमुख एबम न्यायीक समिती संयोजक रत्ना कडायतले बताईन  । 

पछिल्लो समय न्यायीक समिती प्रति आम नागरिकको बिस्वास बढे पछि मानीसहरु न्यायीक शाखा मार्फत आफना समस्या राख्ने गरेको बताईन । 

आर्थीक बर्ष ०७४÷०७५मा ५१ मुद्धा परेका छन भने आर्थीक बर्ष ०७५÷०७६ मा बढेर ६५ मुद्धा न्यायीक समितीमा दर्ता भएका छन । आर्थीक बर्ष ०७६÷०७७ मा ५९ मुद्धा दर्ता भएका छन भने आर्थीक बर्ष ०७७÷०७८मा ९३ मुद्धा न्यायीक समितीमा दर्ता भएका छन । 

न्यायीक समिती गठन भए देखि हाल सम्म कुल ३५६ मुद्धा न्यायीक समितीमा दर्ता भएका छन भने ३४१ मुद्धा फछर्यौट भईसकेका छन १५ मुद्धा प्रक्रियामा रहेका छन । गोदावरी नगरपालीमा सबै हरेक बर्ष जग्गा बिबाद समन्धीका मुद्धा बढि पर्ने गरेको न्यायीक समितीको तथ्यांकले देखाउछ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु