बिप्लब नेतृत्वको नेकपा निकट युवा संगठन नेपाल आयोजनामा मोटरसाइकल र्‍याली

छिनोफानो   मङ्गलबार ०५, असोज २०७८ ०८:४६

 विप्लप नेतृत्वको नेकपा निकट युवा संगठन नेपाल सेति(महाकाली व्युरोको आयोजनामा मोटरसाइकल र्‍याली सम्पन्न भएको छ ।राष्ट्रघाती अमेरिकी परियोजना एमसिसि सम्झौताको खारेजी र लागूऔषध दुर्व्यसन नियन्त्रण गर्न कैलाली कञ्चनपुरका युवा सडकमा उत्रिएका हुन्।

 एमसिसि मार्फत नेपालको सार्वभौमिकता माथि हस्तक्षेप गर्दै युद्धको दुस्चक्रमा फसाउने षडयन्त्र अमेरिकी साम्राज्यवादले गरिरहेको भन्दै उनिहरूले एमसिसि सम्झौता खारेजीको माग गरेका हुन्। समाजमा लागूऔषध दुर्व्यसन, डिप्रेशन, आत्महत्या, महिला हिंसा,बलात्कार जस्ता जघन्य अपराध बढिरहेको बताउँदै यसको नियन्त्रण गर्न जनचेतना फैलाउन मोटरसाइकल र्‍याली गरिएको युवा संगठन नेपालका केन्द्रीय सदस्य भुवन कुँवरले बताए।

नेपाल कम्युनिष्ट पार्टीले चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेर एमसिसिको विरोध गर्दै आएको छ ।एमसिसि सम्झौता र परियोजना नेपालको राष्ट्रिय हित विरुद्ध रहेको बताउँदै सम्झौता खारेज हुनुपर्ने माग गर्दै आएको नेकपा र भातृसंगठन युवा संगठन नेपाल ले लागूऔषध दुर्व्यसन र एमसिसि विरुद्ध मंगलबार मोटरसाइकल र्‍याली गरेका हुन्।

सयौँको सङ्ख्यामा मोटरसाइकलमा रहेका नेकपा र युवा संगठनका कार्यकर्ताहरूले एमसिसि खारेज गर,लागूऔषध दुर्व्यसन नियन्त्रण गर, युवाहरूलाई रोजगारीको व्यवस्था गर,राष्ट्रघाती दलाल होसियार जस्ता चर्का नाराबाजी गरेका थिए। कञ्चनपुर र कैलालीको लम्कीबाट आएको र्‍याली कैलालीको अत्तरियामा भेट भई धनगढी पुगेर कोणसभामा परिणत भएको थियो।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु