रुसले तेल भण्डारमा आक्रमण गरेपछि युक्रेनको किएभमा विषालु धुवाँको जोखिम, झ्याल लगाएर घरभित्रै बस्न आग्रह

छिनोफानो   आइतबार १५, फागुन २०७८ ०१:१४

रुसले तेल भण्डारमा आक्रमण गरेपछि युक्रेनको राजधानी किएभमा  विषालु धुवाँको जोखिम बढेको छ । त्यहाँका नागरिकलाई झ्याल नखोल्न आग्रह गरिएको छ ।

किएभका धेरैजसोले भूमिगत आश्रय लिएर बसिरहेका छन् । घर बाहिर रहेकाहरुलाई पनि विषाक्त धुवाँबाट जोगिन अधिकारीहरुले आग्रह गरेका हुन् । यसैबीच रुसी आक्रमणका कारण युक्रेनमा अहिलेसम्म कम्तीमा २ सय जनाभन्दा धेरैको ज्यान गएको अनुमान छ ।

संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार उच्चायुक्तको कार्यालयले मानवीय क्षतिसँगै भवन तथा महत्त्वपूर्ण संरचनामा भएको आक्रमणले सयौँ मानिस पानी तथा विद्युत् सेवाबाट वञ्चित भएको उल्लेख गरेको छ । रुसको आक्रमणका कारण ५० लाखभन्दा बढी शरणार्थी बन्ने आशङ्का गरिएको छ ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु