बेलारुसले रुसी सेनालाई सघाउन आफ्ना सेनालाई युक्रेन पठाउने

छिनोफानो   सोमबार १६, फागुन २०७८ १२:११

बेलारुसले रुसी सेनालाई सघाउन आफ्ना सेनालाई युक्रेन पठाउने भएको छ ।

बेलारुसले युक्रेनमा आफ्नो फौज परिचालन गर्न सक्ने जानकारी प्राप्त भएको विभिन्न रिपोर्टलाई उदृत गर्दै बीबीसीले जनाएको छ । लामो समयदेखि रुसको साझेदारका रूपमा रहेको बेलारुसको उत्तरी सीमा युक्रेनसँग जोडिएको छ ।

बेलारुसले आज नै आफ्ना सेना युक्रेन पठाउन सक्ने दाबी छ । यस्तै, युक्रेनको स्वतन्त्र सञ्चारमाध्यम द किएभ इन्डिपेन्डेन्टले विभिन्न स्रोतलाई उदृत गर्दै बेलारुसले सैनिक पठाउने तयारी गरेको जनाएको छ ।

रुसलाई सहयोग गर्न बेलारुसले परमाणु हतियार प्रयोग गर्न वा राख्नका लागि आफ्नो संविधान नै परिवर्तन गरेको छ । सोभियत युनियनको पूर्व सदस्य तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निकै नजिकको सहयोगी बेलारुसले परमाणु हतियार बन्देज गर्ने संवैधानिक व्यवस्था नै परिवर्तन गरेको हो ।

जनमत सङ्ग्रहमार्फत बेलारुसले नयाँ संविधान लागू गर्ने निर्णय गरेको हो । नयाँ संविधानले बेलारुसलाई परमाणु हतियारविहीन राष्ट्रको पहिचान खारेज गरेको छ । अब बेलारुसले परमाणु हतियार राख्न पाउने भएको छ । 

तस्बिर : एपी न्युज

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु