एमसीसीमा अब थप राजनीति नहोस् : विवेकशील साझा

छिनोफानो   सोमबार १६, फागुन २०७८ ०२:३४

काठमाण्डाै – विवेकशील साझा पार्टीले अमेरिकी सहायता मिलेनियमन च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौतालाई लिएर थप राजनीति नगर्न भनेकाे छ । विवेकशीलले एमसीसीलाई गिजोलेर चरम सत्ता दाउपेचको विषय बनाउँदै कुनै संवैधानिक तथा कानुनी हैसियत नहुने व्याख्यात्मक टिप्पणीको लेपन लगाएर अनुमोदन गरिएबाट नेपाली राजनीति कति रसातलमा बहिरहेको छ भन्ने प्रस्ट भएको जनाएकाे छ । 

‘एमसीसी निहीत राजनीतिक स्वार्थहरूका कारण पारित भएको पार्टीले ठहर भएकाे छ । संसदमा देशको हितबारेको बहस गौण हुनु र सत्ता समीकरण प्रधान हुनु अत्यन्तै चिन्ता र खेदजनक विषय हो’, प्रवक्ता शरदराज पाठकले निकाल्नुभएकाे विज्ञप्तिमा भनिएकाे छ ।

सत्ता गठबन्धन र प्रतिपक्षी दलको अपरिपक्व र गैरजिम्मेवारीपूर्ण शैली एवम् संवेदनशील समयमा प्रदर्शित उत्ताउलो रवैयाका कारण चीन र अमेरिकाको अस्वाभाविक सक्रियता बढेर एमसीसी पेचिलो भूराजनीतिक मुद्दा बन्न पुग्नु नेपालकाे लागि शुभ सङ्केत नभएकाे विवकेशीलले जनाएकाे छ । 

‘अबका दिनहरूमा एमसीसीमाथि थप राजनीति गर्नु भनेको बढ्दो रूपमा संवेदनशील बन्दै गएको नेपालको भूराजनीतिक जटिलतालाई अझ बल्झाउनु हो । एमसीसी सम्झौतामाथि हालैका वर्षमा जे जति बहस र राजनीति भए, त्यसले भविष्यमा विदेशी ऋण–अनुदान लिनु र सन्धि–सम्झौता हुनुअघि गरिनुपर्ने गृहकार्य र देखाउनुपर्ने सुझबुझलाई निर्देशित गर्न सक्यो भने त्यो देशका लागि फलदायी हुनेछ’ विज्ञप्तिमा उल्लेख छ ।

विवेकशील साझा पार्टीले आमरूपमा उठेका प्रश्नहरूको सम्बोधनसहित आवश्यक संशोधनविना एमसीसी सम्झौता यथारूपमा पारित गरिनुहुन्न भन्दै आएकाे छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु