दुई जिब्रे गगन थापा : आफूलाई ‘झुट’ नदेख्ने, अरुलाई पेल्ने !

छिनोफानो   सोमबार १६, फागुन २०७८ ०२:४१

काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) संशोधनबिना पारित नहुने अडान राख्दै पछिल्लो समय अडान फेर्ने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आइतबार संसद बैठकमा सत्तारुढ गठबन्धनकै नेतामाथि खनिए ।

सत्तारुढ गठबन्धन नेकपा माओवादीका नेता गिरिराजमणी पोखरेललाई मन्त्री बन्दा एउटा कुरा गर्ने अहिले आएर एमसीसी पारित गर्न नहुने भन्दै झुट नबोल्न महामन्त्री थापाले भने ।

तर, केही समयअघि विभिन्न मिडियामा महामन्त्री थापाले एमसीसी राष्ट्रको हितमा नभएको र संशोधनबिना पारित नहुने भनेर पटकपटक भनेका थिए ।

आइतबारको संसद बैठकमा महामन्त्री थापाले भने, ‘माननीय गिरिराजमणी पोखेरलले यहाँ उभिएर एमसीसी राष्ट्रघाती भन्नुभयो । तर, २०७४ साल श्रावण १९ गते क्याबिनेटको उपस्थिति पल्टाएर हेरौँ– त्यहीँ मन्त्रिपरिषद्ले पारित गर्दै गर्दा माननीय पोखरेल त्यहीँ मन्त्रिपरिषद्को मन्त्री हुनुहुन्थ्यो । हामी कतिसम्म झुट बोल्ने, हामीले कतिसम्म ढाट्ने, हामी आफैँ पालैपालो सरकारमा बसेर आउने । राष्ट्रिय प्रजातन्त्रको तत्कालीन अध्यक्ष कमल थापादेखि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.र नेपा किसान मजदुर पार्टी यो १० वर्षको अवधिमा मन्त्रिमण्डलमा नबसेको र हस्ताक्षर नगरेको । आज हामीले राष्ट्रघाती भन्दै गर्दा आफ्नो औँला आफैतिर फर्काउनुपर्छ । हामी आफैँले लेखेको होइन, धेरै झुट नबोलौँ । नेपालको संविधानभन्दा माथि हुन्छ । त्यस्तो कानुन कतिवटा पारित गरिसकेका छौँ ? मेलम्चीको सम्झौताको फरम्याट पल्टाएर हेर्नुस् त ?’

कांग्रेस महामन्त्री थापाले एमसीसी परियोजनालाई हेर्ने मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीए) भनेको मेलम्ची खानेपानी आयोजनाजस्तै भएकाले विरोधमा उत्रिनुको अर्थ नभएको बताए ।

‘एमसीए भनेको मेलम्ची खानेपानी आयोजनाजस्तो होइन ? आजै संसदबाट एउटा कानून पारित गरौँ– हाम्रो सार्वभौम अधिकार कसैले खोसेर लैजान सक्छ,’ उनले भने ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु