युक्रेनको आणविक प्लान्टमा आगलागी, तत्काल कदम चाल्न विश्वलाई जेलेन्स्कीको आग्रह

छिनोफानो   शुक्रबार २०, फागुन २०७८ ११:००

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आक्रमण गरेको बताउनुभएको छ । 

उहाँले विश्व समुदायसँग सहयोगको अपिल गर्नुभएको छ । ट्विटरमा पोस्ट गरिएको एक भिडियो सन्देशमा जेलेन्स्कीले युरोपको सबैभन्दा ठूलो आणविक प्लान्ट खतरामा रहेको बताउनुभएको बीबीसीले जनाएको छ । 

रुसी बलले जानीबुझी आणविक पावर प्लान्टलाई निसाना बनाइरहेको जेलेन्स्कीले भन्नुभएको छ । उहाँले सन् १९८६ मा चेर्नोबिल आणविक घटनाबारे उल्लेख गर्दै जापोरिज्याको आणविक प्लान्टमा केही घटना भए त्यसको नतिजा नराम्रो हुने बताउनुभयो । ‘युरोपका नागरिक कृपया जाग्नुहोस्, रुसी बलले युक्रेनको आणविक प्लान्टमा आक्रमण गरिहेकोबारे आफ्ना नेताहरूलाई भन्नुहोस्’, जेलेन्स्कीले भन्नुभएको छ । 

आफू अमेरिका, बेलायत र ईयूका नेताहरूको सम्पर्कमा रहेका उहाँले बताउनुभएको छ । साथै जेलेन्स्कीले इन्टरनेशनल एटमिक इनर्जी एजेन्सी (आईएईए) सँग पनि कुराकानी भएको उल्लेख गर्नुभएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु