राष्ट्रिय सभाका नवनिर्वाचित १९ जना सांसदहरुले लिए शपथ

छिनोफानो   शनिबार २१, फागुन २०७८ ०३:५७

काठमाण्डाै – राष्ट्रिय सभाका नवनिर्वाचित १९ जना सांसदहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराउनु भएको हो ।

सिंहदरवारमा रहेको संसद सचिवालयमा भएको कार्यक्रममा उहाँले नवनिर्वाचित सांसदहरुलाई संघीय संसदको लोगो पनि प्रदान गर्नुभयो । गएको माघ १२ गते राष्ट्रिय सभाका १९ जना सदस्यका लागि चुनाव भएको थियो ।

चुनावमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद पौडेल, गोपालकुमार बस्नेत, कमल पन्त, युवराज शर्मा, नारायणदत्त मिश्र र दुर्गा गुरुङ राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनु भएको थियो । यस्तै नेकपा (माओवादी केन्द्र)बाट उर्मिला अर्याल, सुरेश आलेमगर, नरबहादुर विष्ट, भुवनबहादुर सुनार र जगतबहादुर पार्की निर्वाचित हुनु भएको थियो । नेकपा (एकीकृत समाजवादी)बाट जयन्ती राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, मदनकुमारी शाह र उदयबहादुर बोहोरा निर्वाचित हुनु भएको थियो । यस्तै नेकपा (एमाले)बाट सोनाम गेल्जेन शेर्पा, जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु