पछिल्लो २४ घण्टामा ९१ जना कोरोना संक्रमित थपिए

छिनोफानो   शनिबार २१, फागुन २०७८ ०५:१३

नेपालमा पछिल्लो २४ घण्टामा ९१ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको २,६६२ पीसीआर र ३,५५८ जनाको एन्टीजेन परीक्षणका क्रममा ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ३६२ जना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको कुल संख्या ९ लाख ५८ हजार ५५५ जना पुगेको छ । उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन । देशभर हाल ६ हजार ९४७ जना संक्रिय संक्रमित छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु