कञ्चनपुरका दुई नाका गड्डाचौकी र गौरीफन्टा तत्काल नखुल्ने

छिनोफानो   बुधबार ०६, असोज २०७८ १२:५१

नेपाल सरकारले सबै सीमा नाका खुला गर्ने निर्णय गरे पनि कञ्चनपुरका दुई नाका गड्डाचौकी र गौरीफन्टा तत्काल नखुल्ने भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण बन्द गरिएका सीमा नाका खुला गर्ने निर्णय गरेको भए पनि जिल्लामा अहिलेसम्म लिखित जानकारी प्राप्त नभएका कारणले अहिले नै सरकारले भने बमोजिम नाकाहरू निर्वाधरुपमा सञ्चालनमा आउन केही दिन लाग्ने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिनु भयो ।

अहिले सञ्चार माध्यममा देशैभरका सबै नाका खुल्ने भने पनि जिल्लामा गृह मन्त्रालयबाट पत्र आउने र उक्त पत्रमा के निर्णय गरेको छ त्यो अनुसार नाकाहरू खुल्नको लागि जिल्लामा पनि बैठक बस्ने र निर्णय पश्चात् नाकाहरू खुल्ने उहाँले बताउनु भएको छ ।

अहिले चाडपर्वको समय भएकाले सुदूरपश्चिमका ठुला नाकाबाट दैनिक ५ देखि ६ हजारको हाराहारीमा भारतबाट नेपाल आउने नेपालीहरूको भिड रहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु