हामी पार्टीभित्रको गुटबन्दी र अन्तरविरोधमै हरायौं : प्रचण्ड

छिनोफानो   बुधबार २५, फागुन २०७८ ०२:०४

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू पार्टीभित्रको गुटबन्दी र अन्तरविरोधमा नै हराएको बताएका छन्।

नेपाल उद्योग व्यवसायी महासंघको केन्द्रीय बैठकलाई बुधबार सम्बोधन गर्दै उनले देशमा अहिलेसम्म भएको ठूला परिवर्तनको वाहक भनेका माओवादी केन्द्र नै भए पनि पार्टीभित्रको गुटबन्दी र अन्तरविरोधमा हराएको स्वीकारेका छन्।

‘आजको परिवर्तनको वाहक भनेको माओवादी नै हो‚’ अध्यक्ष प्रचण्डले भने‚ ‘हामीले जति गर्नुपर्ने थियो गर्न सकेको छैन। हामी गुटबन्दी र पार्टीभित्रकै अन्तरविरोधमा हरायौँ।’

उनले पार्टी र नेतृत्व निर्माणमा परम्परागत मान्यताबाट बाहिर आउन नसकेकोसमेत स्वीकार गरेका छन्। 

‘बाह्य क्षेत्रको पनि केन्द्रीय कमिटीमा आउनुपर्छ भन्ने मान्यता हो। मैले त्यो कुरा अस्तिको केन्द्रीय समितीको बैठकमा पनि राखेको हुँ। व्यवसायीहरुको पनि पार्टीमा स्थान हुनुपर्छ‚’ उनले भने‚ ‘हामी त्यसबारे गम्भीर छौँ। व्यवसायीहरुलाई पनि समेट्न सके पार्टीको आर्थिक नीतिमा परिवर्तन आउने थियो।’

अध्यक्ष प्रचण्डले अहिलेसम्म भएका उपलब्धिलाई उल्टाउने प्रयास भइरहेको बताउँदै त्यसबारे सचेत हुन आग्रह समेत गरे। संविधान र लोकतन्त्रविरुद्ध जान खोजेपछि सडक संघर्षबाट सफल भएको प्रचण्डले बताएका छन्। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु