परराष्ट्रमन्त्री नारायण खड्काले  लिए शपथ:

छिनोफानो   बुधबार ०६, असोज २०७८ ०२:३७

नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्काले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष मन्त्री खड्काले शपथ लिएका हुन्।समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामखु अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको उपस्थिति थियो।

मन्त्री खड्कालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बुधबार नै परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी हुन्। शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको सपथ लिएसँगै खड्काले सिंहदरबार पुगेर पदबहाली गरेका हुन्।

उनलाई मन्त्रालयका सचिव तथा कर्मचारीले स्वात गरेका थिए।मन्त्री खड्का आजै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु