भारतमा विधानसभा निर्वाचन : प्रारम्भिक गणनामा भाजपा अगाडि

छिनोफानो   बिहिबार २६, फागुन २०७८ ११:५१

काठमाडौं । भारतको विधानसभा निर्वाचनको प्रारम्भिक मतगणनामा भारतीय जनता पार्टी (भाजपा) अघि देखिएको छ ।

उत्तरप्रदेश, गोवा, मणिपुर, उत्तराखण्डमा भाजपाले अग्रता कायम राखेको छ । पन्जाबका तीन सिटमा भने आम आदमी पार्टी अगाडि देखिएको भारतीय मिडियाले जनाएका छन् ।

युपीका ४०३ विधानसभा सिटको परिणाम आजै आउने छ । मत सर्वेक्षणमा उत्तर प्रदेशमा भाजपा सबैभन्दा ठूलो दल बन्ने सार्वजनिक गरिएको थियो । अखिलेश यादव नेतृत्वको सपा पनि टक्करमा आउने अनुमान छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु