सभापतिमा उम्मेदवारी दिने इच्छा छैन : विजयकुमार गच्छदार

छिनोफानो   बुधबार ०६, असोज २०७८ ०२:४६

नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफु आउँदो महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने इच्छा र चाहाना नरहेको बताएका छन् । बुधबार ललिता निवास जग्गा प्रकरणबारे प्रस्टिकरण दिन आयोजित पत्रकार सम्मेलनमा गच्छदारले १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार नहुने बताएका छन् ।  बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ुलोकतान्त्रिक फोरमबाट काँग्रेस बलियो बनाउन आएको हुँ । म नेपाली काँग्रेसको कुनै गुटमा आएको होइन । मेरो लागि शेरबहादुर देउवा र रामचन्द्र पौडेल सम्मानित नेता हुनुहुन्छ ।ुआफू नेपाली काँग्रेसकै पक्षमा उभिएको बताउँदै उनले भने, ुम नेपाली काँग्रेसको सभापतिमा प्रतिस्पर्धा छैन । म सभापतिको उम्मेदवार होइन । सभापतिमा प्रतिस्पर्धा गर्दिन । महाधिवेशन सबैका लागि हो । मेरो लागि पनि हो ।ु काँग्रेसको १४ औँ महाधिवेशन लोकतान्त्रिक विधि पद्धतिमा सम्पन्न हुनेमा उनले विश्वास व्यक्त गरे । त्यसका लागि नेताहरुलाई आफूलाई आग्रह गरेको उनले बताए ।उनले ललिता निवास प्रकरणमा आफु अदालतमा उपस्थित हुनु र प्रधानमन्त्रीमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु संयोगमात्र भएको दावी गरेका थिए । (रातो पाटी )

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु