खप्तड गोल्डकपको उपाधिका लागि आज मनाङ र फ्रेन्ड्स भिड्दै

छिनोफानो   शनिबार २८, फागुन २०७८ ११:०७

सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज (शनिबार) हुँदैछ ।

धनगढी रंगशालामा हुने फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल ३ बजेपछि सुरु हुनेछ ।

आज दुबै टोली जित निकाल्दै उपाधि उचाल्ने योजनासहित मैदान उत्रने छन् । दुबै टोलीका कप्तान र प्रशिक्षकले उपाधिका लागि मैदान उत्रने बताएका छन् । विजेताले २१ लाख नगद प्राप्त गर्दा उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछन् ।

पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई पेनाल्टीमा ४-२ गोल अन्तरले हराउँदै मनाङ फाइनल प्रवेश गरेको हो । दोस्रो सेमिफाइनलमा बागमती युथ क्लबलाई २-१ गोल अन्तरले हराउँदै फ्रेन्ड्स उपाधि नजिक पुगेको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु