युवा संगठन नेपाल डोटीको अध्यक्षमा सुशिल मलासी

छिनोफानो   बिहिबार ०७, असोज २०७८ १०:५५

 डोटी, नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल डोटीको प्रथम जिल्ला भेला सम्मेलन भएको छ ।जिल्लको सिलगढी स्थित सुशिल मलासीको अध्यक्षतामा २५ सदस्य जिल्ला समिति निर्वाचित गर्दै भेला सम्पन्न भएको हो ।  कार्यक्रमलाई  सम्बोद्धन गर्दै युवा संगठनका केन्द्रिय सदस्य तथा सेम ब्युरो संयोजक श्यम भट्टले युवा भनेको परिवर्तनको सम्बाहक भएकोले समाजमा रहेको हरेक विकृति विसंगतिको विरुद्धमा लडनु पर्ने र परिवर्तनशिल हुनु पर्ने बताउनु भयोको छ । साथै नेकपा डोटी सेक्रेटरी ध्रुव ओलीले युवा भनेको बलियो शक्ति भएकोले पार्टीले संचालन गरेको एकिकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद निर्माणको निम्ति योगदानका निम्ती सकरात्मक भुमिका निभाउनु  पर्ने बताउनु भयो । कार्यक्रमको अध्यक्षता जिल्ला संयोजक सुशिल मलासी गरेका थिए भने प्रमुख अतिथीमा युवा संगठन नेपालका सेम ब्युरो संयोजक श्याम भट्ट,विशिष्ट अतिथी नेकपा डोटी सेक्रेटरी ध्रुव ओली र अतिथीहरुमा नेकपा निकट जिल्ला नेताहरु ममता,मोहन कठायत,शंकर साउद लगायत को उपस्तीथी  थियो । कार्यक्रम संचालन प्रकाश कठायतले गरेका थिए ।


 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु