महाधिवेशन तयारीबारे कांग्रेस पदाधिकारीको बैठक बस्दै

छिनोफानो   बिहिबार ०७, असोज २०७८ ०२:०२

महाधिवेशन तयारीबारे छलफल गर्न आज पनि नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक राखेको छ।अपरान्ह ३ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्नेछ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज बैठक बस्ने जानकारी दिए।

बुधबार पनि कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक राखेको थियो। वडा अधिवेशन सकिएका जिल्लाहरूमा असोज ९ मै पालिका अधिवेशन गर्ने कांग्रेसको निर्णय छ।उक्त निर्णयमा निर्वाचन समितिले असहमति राखेपछि आज निर्वाचन समिति र पदाधिकारी तथा पूर्वपदाधिकारी राखेर बैठक गर्न लागिएको स्रोतको दाबी छ।कांग्रेसले प्रदेश २ का ८ सहित विभिन्न १३ जिल्लामा वडा अधिवेशन गर्न सकेको छैन।वडा अधिवेशन कहिले गर्ने भन्ने कार्यतालिका पनि बनाइसकेको छैन। असोज ९ भित्रै वडा अधिवेशन गर्ने भने पनि क्रियाशीलको सूची सार्वजनिक गरिएको छैन।

कांग्रेसले मंसिर ९ देखि १३ सम्म केन्द्रीय महाधिवेशन गर्ने भनेको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु