होलिमा सुदूरपश्चिमका २७६ सवारीसाधन कारबाहीमा, ढाई लाख बढी राजस्व संकलन

छिनोफानो   शनिबार ०५, चैत २०७८ ०३:५०

धनगढी । सुदूरपश्चिम प्रदेशमा होलिको अवधिमा २७६ सवारीसाधन कारबाहीमा परेका छन । प्रदेशको ९ वटै जिल्लामा शुक्रबार र शनिबार गरिएको सवारी जाँचमा २७६ सवारीसाधन कारबाहीमा परेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । कारबाहीमा परेका सवारीसाधनबाट २ लाख ५८ हजार ५ सय राजश्व संकलन भएको छ ।

कारबाहीमा परेका सवारीसाधनमध्ये सबैभन्दा बढी मापसे गरेर मोटरसाइकल चलाएको पाइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । शुक्रबार प्रदेशभर १ सय ३८ सवारीसाधन कारबाही गर्दा ९९ हजार ५ सय राजश्व संकलन भएको हो ।

त्यस्तै शनिबार २ सय ३८ सवारीसाधनबाट १ लाख ५९ हजार राजश्व संकलन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । कारबाहीमा परेका सवारीसाधनमा सबैभन्दा बढी कैलालीमा रहेका छन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु