जंगलि बँदेलको आक्रमणबाट घाईते भएका ३ जना डिस्चार्ज, ४ जनाको उपचार हुँदै

छिनोफानो   आइतबार ०६, चैत २०७८ ११:१७

कञ्चनपुर । कञ्चनपुरमा जंगली बँदेलको आक्रमणबाट घाईते भएका ७ जनामध्ये ३ जना उपचारपछि डिस्चार्ज भएका छन् । शनिबार बँदेलको आक्रमणबाट घाईते भएका ४ जनाको भने माहाकाली अञ्चल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक लाल बहादुर बमले बताएका छन् ।

बमका अनुसार अचानक बँदेल बस्तीमा पसेपछि स्थथानियमा तनाब सृजना भएको थियो । घाईते हुनेहरुमा अधिकांश घाँस काट्न जाने महिला र बाटो हिँड्ने स्थानिय रहेको प्रहरी निरिक्षक बनले बताए ।  

घाइते हुनेमा बेदकोट–२ का ६२ वर्षीय शोभी कोली र ६० वर्षीय डम्मर लुहार, वडा न ३ का पदमा कुँवर र वडा न १० का १४ वर्षीय शारदा भट्ट छन् । एक जना भने सामान्य घाइते भएकाले घरमै उपचार गराइरहेको स्थानीयले बताएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु