धनगढीमा पनि मनाईयो रानाथारु संस्कृतिको होरी पर्व

छिनोफानो   सोमबार ०७, चैत २०७८ ११:२९

धनगढी । कैलालीमा रानाथारु संस्कृतिको होरी पर्व विभिन्न कार्यक्रम गरी मनाईएको छ । सोहि अनुसार आईतबार धनगढीमा पनि विभिन्न सांस्कृतिक प्रस्तुतिसहितको कार्यक्रम आयोजना गरी होरी मिलन कार्यक्रम मनाईएको हो ।

रानाथारु समुदायको प्रतिनिधित्व गर्दै कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित सं िघय सांसद, पुर्वमन्त्री तथा नेकपा एमालेका पोटिलब्युरो सदस्य नारदमुनि रानाको प्रमुख आथित्यतामा कार्यक्रम मनाईएको हो । पहिलोपटक यसरी होरी मिलन कार्यक्रम मनाएको बताउँदै सांसद रानाले रानाथारु समुदायको संस्कृतिले देशभरमै छुट्टै पहिचान बनाउने बताएका छन् ।

कार्यक्रममा रानाथारु संस्कृतिसँग सम्बन्धित विभिन्न नृत्य, गित तथा अन्य प्रस्तुतिहरुको प्रदर्शन गरिएको थियो । रानाथारु संस्कृतिको पोसाकमा सजिएका महिलाहरुले होरी पर्वको गित गाउँदै र नाच्दै पर्व उत्सवका साथमा मनाएका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस...

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु