सुदूरपश्चिम महोत्सव २०७८ को तयारी अन्तिम चरणमा, १० गतेबाट भव्यरुपमा महोत्सव सञ्चालन हुँदै

छिनोफानो   बुधबार ०९, चैत २०७८ ०६:४२

कैलाली । कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सवको १५ औं संस्करण तयारीे पुरा गरेको छ । कोरोनाका कारण दुई वर्षदेखि स्थगित भएको महोत्सव चैत्र १० भोली (बिहीवार) गतेदेखि २० गते सम्म धनगढी को पुशुपति टोलमा  सञ्चालन गर्ने गरी कैलाली उद्योग वाणिज्य संघले तयारी पुरा गरेको हो ।

माघ १८ गते देखि आयोजना हुने भएपनि कोरोनाको संक्रमण बढ्न थालेपछि तयारी सुरु भएको सुदूरपश्चिम महोत्सव २०७८ अन्तिममा आएर स्थगित गर्नु परेको थियो । विगतका  वर्षझै ‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने मूल नाराका साथ प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यवसाय तथा व्यापार प्रबद्र्धनका लागि हुँदै आएको महोत्सवको तयारी सुरु भएको संघले जनाएको छ ।

महोत्सवमा कृषि उत्पादन, मह, जडीबुटी, हस्तकला, अल्लोका सामग्री, अलैंची, अदुवा, मसला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलोक्ट्रोनिक, होटल, सूचना प्रविधिलगायत व्यापारिक, रमाइलो मेला तथा बाल उद्यानसहितका २ सय ५० भन्दा स्टल रहने कैलाली उद्योग वाणिज्यले पत्रकार सन्मेलन मार्फत जानकारी दिएको छ ।

सुदूरपश्चिम वासी को पर्व को रुपमा स्थापीत भएको महोत्सवमा प्रत्यक बर्ष झै नेपाल सरकारलाई पुरा हुन नसकेका मागहरु राख्दै आएको  कैलाली उद्योग वाणिज्य संघले प्रदेश सरकारलाई यस वर्ष भने प्रदर्शनी स्थलको एक शुत्रिय माग राख्न अध्यक्ष पुष्प कँुवरले बताएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु